न्यायिक समिति सदस्यहरु
यस फालेलुङ गाउँपालिका
गिरिराज भण्डारी
उजुरी प्रशासक
छिरिङ शेर्पा
गुनासो सुन्ने अधिकारी
आफ्नो विवाद/उजुरी ट्रयाक गर्नुहोस |
कृपया अधिकारिक केस नम्बर राखी आफ्नो मुद्धा/मामिलाको स्थिति बुझ्नुहोस् |
हाम्रो बारेमा
नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको उत्तरपूर्वी भागमा फालेलुङ गाउँपालिका अवस्थित छ । यस (फालेलुङ) गाउँपालिका पाँचथरको वडा नम्बर तीन, चार, पाँच र छ एवं छिमेकी देश भारतको सिमानाको रुपमा रहेको महाभारत पर्वत श्रृंखलामा "फालेलुङ" भन्ने एउटा डाँडा छ । यो डाँडासँग यस क्षेत्रका मानिसहरुको इतिहास, जीवन, भाषा, संस्कार र संस्कृति जोडिएको पाइन्छ । फालेलुङ गाउँपालिका क्षेत्रभित्रको महत्वपुर्ण भौगोलिक एवं ऐतिहासिक स्थानहरुमध्ये यसलाई पनि एउटा मान्न सकिन्छ । सबैभन्दा प्रमुख कुरा त यसै फालेलुङ डाँडाको नामबाटै यस गाउँपालिकाको नाम पनि "फालेलुङ" राखिएको हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यंटकहरुको लागि समेत "फालेलुङ" डाँडा एउटा नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा स्थापित हुँदै गएको पनि देखिएको छ । तत्कालिन ब्रिटिशकालिन भारतको ईतिहासमा यो क्षेत्रबाट संसारको सबभन्दा अग्लो हिमश्रृंखलाको रुपमा रहेको कुम्भकर्ण (फक्ताङलुङ) र कञ्चनजंघा (केवालुङ) हिमाल हेर्नको लागि सडक निर्माण समेत गरिएकोले पर्यटकहरुलाई घुमघाम गर्न सहज भएको पाईन्छ । "फालेलुङ" शब्द लिम्बु (याक्थुङ) भाषाबाटै राखिएको मौलिक स्थान नाम हो । तथापि यसको नाम कसरी फालेलुङ रहन गयो भन्ने सवालमा ईतिहासकारहरुका फरक फरक किसिमका किम्बदन्तिहरु रहेकोछ । "फालेलुङ" प्राकृतिक भु-बनावटको आधारबाट राखिएको एउटा स्थान नाम हो । यस क्षेत्रका मानिसहरु दार्जिलिङ (मुग्लान) जाँदा बाटोमा पर्ने पत्रैपत्र भएर खप्टिएको ढुङ्गाहरू देख्दथे । यसरी पत्रैपत्र खप्टिएर बनेको ढुङ्गालाई लिम्बुहरूले "कुभाक्-कुभाक् लुङ" भन्दथे भने केहीले "फाक्सीङलुङ" पनि भन्ने गर्दथे । यस डाँडामा रहेको यस्तो पत्रैपत्र भएको ढुङ्गाहरुलाई स्थानीय लिम्बुहरूले "फाक्सीङलुङ" वा "कुभाक्-कुभाक् लुङ" भन्दथे । "फाक्सीङलुङ" शब्द पछि अपभ्रंश भएर "फालेलुङ" भन्न थालियो र उक्त "फालेलुङ" (फाक्सीङलुङ) ढुङगाको नामबाटै यस ठाउँलाई पनि "फालेलुङ" भन्न थालियो । फालेलुङ गाउँपालिका क्षेत्रका लिम्बु (याङक्थुङ) हरू उहिले-उहिले सुँगुरको पाठा बेच्न उत्ता दार्जिलिङतिर जाने गर्दथे । त्यसबेला उनीहरु यहीँ डाँडाको बाटो भएर जाने गर्दथे । लिम्बुहरुले यसरी सुँगुर बेच्न दार्जिलिङ हिँडेको बेला यस डाँडामा पुगेपछि यहाँ रहेका ढुङगाहरुमा एकैछिन उनीहरुले आफ्ना सुँगुरको पाठाहरूलाई विसाउँथे र दाना–खुवाउँथे । यहाँको ढुङ्गाहरूमा यसरी सुँगुरहरू बिसाउने गरिएकोले यी ढुङ्गाहरूलाई उनीहरुले "फाक्नामलुङ" (सुँगुर बिसाउने ढुङ्गा) भन्दथे । सुँगुर बिसाउने गरिएको ढुङगालाई लिम्बुहरूले "फाक्नाम्लुङ" भन्दछन । किनभने सुँगुरलाई लिम्बुहरुले "फाक" भन्दछन र बिसाउनुलाई "नाम वा नामा" भन्दछन र ढुङगालाई "लुङ" भन्दछन । "फाक्नामलुङ" (सुँगुर विसाउने ढुङगा) लाई नै पछि "फाक्लुङ" भन्न थालियो । यसरी सो ढुँगा रहेको स्थानलाई "फालेलुङ" भन्न थालियो । कालान्तरमा उक्त डाँडालाई पनि "फालेलुङ" भन्न थालियो र "फालेलुङ डाँडा" नाम रहन गयो ।
न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली बारेमा
आजको यस बिज्ञान तथा टेक्नोलोजीको युगमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले नेपालका स्थानीय तहहरुमा निकै प्रभाब र महत्व रहेको छ । न्यायिक समिति संचालन सम्बन्धि जति पनि कार्यहरुलाई सूचना प्रविधिबाटै अध्यावधिक गर्न यस सफ्टवेयरले भूमिका पुराउने तथा हिजोका दिनहरुमा नगरपालिकामा दर्ता भएका सम्पूर्ण विवाद तथा उजुरीहरुलाई डीजिटाइज गरि क्लाउडमा व्यवस्थित र सुरक्षित गरि चाहेको बेलामा जुन सुकै मुद्धा मामिला तह विवाद सम्बन्धि सम्पूर्ण जानकरी हेर्न र प्रिन्ट गर्न मिल्ने तरिकाले व्यवस्थित गर्दछ । यस सफ्टवेयरको प्रयोगले स्थानीय तहलाई पेपरलेस बनाउन र नेपाल सरकारको E-Governance नीति कायम गर्न पनि मद्धत गर्दछ ।
फालेलुङ गाउँपालिका, न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली
नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम तथा स्थानीय सरकार संचालन एन २०७४ को दफा १०२ को उप दफा(२) ले दिएको अधिकार प्रयोग गरि फालेलुङ गाउँपालिका
-
विवाद/उजुरी दर्ता
-
अर्को तारिख
-
अपिल तथा पुनरावेदन
-
मेलमिलाप कर्ता तथा न्यायिक समिति सदस्यहरुको फोटो सहितको विवरण
-
लिखित जवाफ
-
नगरपालिकाको न्यायिक समितिले दिने सम्पूर्ण आदेश पत्र
-
वडा कार्यालयबाट मेलमिलाप कर्ता द्वारा मेलमिलाप
-
उप-प्रमुखको रोहबरमा नगरपालिकाबाट निर्णय
-
विवाद तथा उजुरीको सम्पूर्ण अनुसूची तथा प्रतिवेदन